भेरी अस्पतालमा कोभिड संक्रमित थप दुईजना बिरामीको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०७८, शुक्रबार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप दुईजनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा दुईजनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगन्ज उपमहानगरपालिका-२१ का ३८ वर्षीय पुरुष र कुमाख गाउँपालिका-७ सल्यानका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३०७ जना र जिल्लाकै २९७ जनाको मृत्यु भएको छ । बाँकेमा अहिले कोभिड संक्रमण र मृत्युदर घटिरहेको छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech