बाँकेमा कोभिड संक्रमित थप तीनजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०७८, शुक्रबार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप तीनजनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा एकजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना गरि थप तीनजनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपचारका क्रममा बागचौर नगरपालिका-३ सल्यानका २७ वर्षीय पुरुष, प्युठान नगरपालिका-४ प्युठानका ४७ वर्षीया महिला र लमही नगरपालिका -४ दाङका ५८ वर्षीय पुरुष हुनुहुन्छ ।

योसँगै हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३०६ जना र जिल्लाकै २९६ जनाको कोभिड संक्रमणकै कारण मृत्यु भएको छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech