अध्यक्ष धितालको अभिव्यक्तिको संघर्ष समितिद्वारा बिरोध

    • स्वास्थ्य पेज

  • २० जेष्ठ २०७८, बिहीबार

नेपालगन्ज: भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भेरी अस्पतालमा आन्दोलनरत् स्वास्थ्यकर्मीलाई आन्दोलन रोक्न चेतावनी दिएपछि स्वास्थ्यकर्मीहरु थप आक्रोशित भएका छ्न।

भेरी अस्पतालतमा कार्यरत् स्वास्थ्यकर्मीले डाक्टर र नर्सहरूमाथि आक्रमण गर्ने दोषीलाई कारबाहीको माग गर्दै गएको १६ गतेदेखी साझ ५ देखि ६ बजेसम्म प्रदर्शन जारी राखेका बेला अध्यक्ष धितालले त्यसलाई ‘नाटक’ को संज्ञा दिँदै अस्पतालमा राजनीति नगर्न चेतावनी दिनु भएको थियो ।

‘भेरी अस्पतालमा दिनहुँ हुने नाटक बन्द नगरे अतिको खति हुनेछ,’ अध्यक्ष धितालले  सामाजिक सञ्जालमा ‘राजनीति बन्द गर।’ भनेर फेसबुकमा लेख्नु भएको थियो ।

अहिले जनताको सेवा गर्न छोडेर आन्दोलन गर्नुलाई जायज मान्न नसकिने अध्यक्ष धितालको भनाई छ । आन्दोलन नगर भन्दा पनि नमानेपछि आफूले स्ट्याटस लेखेको प्रतिक्रिया मिडियाहरुमा दिएका थिए ।

स्वास्थ्यकर्मीले अस्पताल विकास समितिका अध्यक्षजस्तो अभिभावकीय भूमिकामा रहेको मानिसले त्यस्तो कुरा गरेकोप्रति आश्चर्य व्यक्त गर्दै निन्दा गरेका छ्न ।

नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा बिनोद कर्णको संयोजकत्वमा गठित संघर्ष समितिले आज बिज्ञप्ती जारी गरि अभिभावकिय ब्यक्तिबाट आएको अभिव्यक्तिको निन्दा गरेको हो ।

अस्पतालका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले ड्युटीको क्रममा न्यायका लागि शान्तिपूर्ण रुपमा स्वेच्छिक रुपमा प्रदर्शन गर्दै आएको र त्यो दोषीमाथी कारबाहीको लागि दबाब भएको आन्दोलनरत चिकित्सकहरुको भनाइ छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको जेठ १३ गते साँझ भेरी अस्पतालमा मृत्यु भएपछि नेकपा एमाले प्रदेश कमिटी सदस्य मानबहादुर रावत, लोकराज रावत र भरत रावतले डाक्टर तथा नर्सिङ स्टापहरुमाथि कुटपिट गरेका थिए।

घटनापछि सोही दिन प्रहरीले आक्रमणमा संलग्नहरूलाई पक्राउ गरेको थियो।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech