काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेष्ठ अन्तिमसम्म

    • स्वास्थ्य पेज

  • १९ जेष्ठ २०७८, बुधबार

काठमाडौंः काठमाडौं उपत्यकाको निषेधाज्ञा सीमित क्षेत्रमा खुकुलो ‘मोडालिटी’ सहित यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ। बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो ।यसअघि कडा गरिएको निषेधाज्ञालाई अलि खुकुलो बनाउँदै उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।

अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताउनुभयो। पूर्वाधार निर्माणका काम अनिवार्य स्वाथ्य मापदण्ड पालना गरी सुरक्षित तरिकाले सञ्चालन गर्न दिइनेछ ।

यस्तै, तरकारी, फलफूल, माछा–मासु, ग्यास पसलहरु बिहानको समयमा मात्र खोल्न दिइनेछ । यसअघि जेठ १४ देखि लगाइएको निषेधाज्ञा जेठ २० गते राति १२ बजेबाट सकिँदै थियो।

  • १९ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech