चीनबाट आएको खोप २५ गतेबाट ६० देखि ६४ वर्षका नागरिकलाई लगाइने

    • स्वास्थ्य पेज

  • १९ जेष्ठ २०७८, बुधबार

काठमाडौंः चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप आउँदो २५ गतेदेखि लगाइने भएको छ । उक्त खोप ६० देखि ६४ वर्षका नागरिकलाई लगाउने सरकारले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नागरिकले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्नेछ ।

चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये नौ लाख डोज खोप काठमाडौं आइपुगेको छ । एक लाख डोज आज आइपुग्ने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा खोप दिने घोषणा गर्नुभएको थियो ।

  • १९ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech