संक्रमित थपिने भन्दा निको हुने धेरै

    • स्वास्थ्य पेज

  • १८ जेष्ठ २०७८, मंगलवार

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा ६०८५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ । ६ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ पुगेको छ । क्वारेन्टाइनमा ७२५ जना छन् ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech