बाँकेका २५ जनामा कोभिड पुष्टि, आजै ९४ जना संक्रमण मुक्त

    • स्वास्थ्य पेज

  • १८ जेष्ठ २०७८, मंगलवार

नेपालगन्ज: जिल्लाका दुईवटा प्रयोगशालामा मंगलबार थप ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा केहि दिनदेखि निरन्तर संक्रमण दर घटिरहेको छ । कुल ३१० नमुना परीक्षण गर्दा ९३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा २१० नमुना परीक्षण गर्दा ६६ जना र बागेश्वरी ल्याबमा १०० नमुना परीक्षण गर्दा २७ जना गरि कुल ९३ जनामा संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरको ल्याबले आज रिर्पोट दिएको छैन ।

संक्रमण पुष्टि हुनेहरु मध्य २५ जना बाँकेका छन् । १२ जना महिला र १३ जना पुरुष गरि जिल्लाका थप २५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७९ हजार १ जनाको पीसीआर परीक्षण भएको छ ।

आज जिल्लाका ९४ जना डिस्चार्ज भएका छन्। ३३ जना महिला र ६१ जना पुरुष कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ ।कोरोना भाइरस संक्रमणका कारण २४ घण्टामा जिल्ला बाहिरबाट आएका ५ जना र जिल्लाका २ जना गरि कुल ७ जनाको मृत्यु भएको छ ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech