भारत हुँदै नेपालमा फैलिएको कोरोना प्रजातिको नाम ‘डेल्टा’

    • स्वास्थ्य पेज

  • १८ जेष्ठ २०७८, मंगलवार

नेपालगन्जः नेपालमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम डेल्टा राखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका फरक प्रकारलाई नयाँ नाम दिने गरेको छ। त्यहीक्रममा नेपालमा फैलिएको नयाँ भेरियन्टको नाम डेल्टा भएको हो ।

वेलायत, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरिएको छ।

नयाँ भेरियन्ट जहाँ पत्ता लाग्यो त्यहीँ ठाउँबाट चिन्ने गरिएकोमा विभेदपूर्ण भावना विकसित भएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणालीबाट नामाकरण गरेको हो।

जसअनुसार वेलायतको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरियन्टलाई बिटा अनि भारतीय भेरियन्टलाई डेल्टा भनिएको छ।

यसअनुसार नेपालमा भारतीय भेरियन्ट फैलिएकाले यसको नाम डेल्टा भएको हो । डेल्टाको प्रभावले नेपालमा ठूलो मानवीय क्षेती गरेको छ ।

भारत सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको B.1.617.2 भेरियन्टलाई  भारतीय भेरियन्ट भनिएकोमा आलोचना गरेको थियो।

 

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech