नेपालगन्जः नेपालमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम डेल्टा राखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका फरक प्रकारलाई नयाँ नाम दिने गरेको छ। त्यहीक्रममा नेपालमा फैलिएको नयाँ भेरियन्टको नाम डेल्टा भएको हो ।
वेलायत, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरिएको छ।
नयाँ भेरियन्ट जहाँ पत्ता लाग्यो त्यहीँ ठाउँबाट चिन्ने गरिएकोमा विभेदपूर्ण भावना विकसित भएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणालीबाट नामाकरण गरेको हो।
जसअनुसार वेलायतको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरियन्टलाई बिटा अनि भारतीय भेरियन्टलाई डेल्टा भनिएको छ।
यसअनुसार नेपालमा भारतीय भेरियन्ट फैलिएकाले यसको नाम डेल्टा भएको हो । डेल्टाको प्रभावले नेपालमा ठूलो मानवीय क्षेती गरेको छ ।
भारत सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको B.1.617.2 भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आलोचना गरेको थियो।