जारी निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीनै जिल्लाका सिडीओहरुको बैठक बस्दै

    • स्वास्थ्य पेज

  • १८ जेष्ठ २०७८, मंगलवार

काठमाडौं: काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । आज दिउँसो ३ बजेपछि बस्ने उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञाको समीक्षा गर्दै अहिलेकोभन्दा केही खुकुलो र व्यवस्थित गर्न छलफल गर्ने काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले बताउनुभयो ।

एक सातादेखि बन्द खाद्य तथा किराना पसलहरुलाई फेरि बिहान खोल्न दिने तयारी भईरहेको बुझिएको छ । जेठ १४ गतेदेखि लगाइएको एक साताको कडा निषेधाज्ञा २० गते राती सकिँदैछ ।

कोरोनाको दोस्रो लहर देखिएपछि सरकारले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको हो ।आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी भएपनि तत्कालै पूर्ण रुपमा खोल्ने अवस्था भने नभएको बताईएको छ ।

केही दिनयता काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ गर्दा संक्रमण दर तुलनात्मक रुपमा घटेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउँनुहुन्छ ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech