चीनबाट आज ९ लाख डोज खोप नेपाल ल्याइँदै

    • स्वास्थ्य पेज

  • १८ जेष्ठ २०७८, मंगलवार

काठमाडौं: चीनबाट आज ९ लाख डोज खोप नेपाल ल्याइँदैछ । बेइजिङबाट आठ लाख डोज खोप नेपाल एयरलाइन्सको जहाजबाट र कुन्मिङबाट एक लाख डोज हिमालय एयरलाइन्सको जहाजबाट ल्याउन लागिएको हो ।

चीन सरकारद्वारा अनुदान प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको थियो।

सो विमान ८ लाख खोप ल्याएर आज मंगलबार २ बजेसम्म नेपाल आईपुग्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारत, चीन, अमेरिका र बेलायतका सरकार प्रमुखहरुलाई पत्राचार गर्दै कोभिड खोपका लागि सहायता गरिदिन अनुरोध गर्नुभएको थियो ।

त्यसको केही समयपछि नेपालका लागि चिनियाँ राजदुतले चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने जानकारी गराउनुभएको थियो । यसअघि पनि चीनले आठ लाख डोज भेरोसेल खोप अनुदानमै उपलब्ध गराएको थियो ।

चीनबाट अहिले ल्याइने भेरोसेल खोप ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई दिने तयारी छ ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech