नेपालगन्जका कोभिड संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • १८ जेष्ठ २०७८, मंगलवार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट नेपालगन्जका ७० वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१ धम्वोजीका ती पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा आज विहान ८ बजे मृत्यु भएको हो ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २९४ पुगेको छ ।

यस्तै सल्यान शारदा नगरपालिका-१ का ५९ वर्षीय संक्रमित पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा आज विहान ८ः ४५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका २९१ जनाको मृत्यु भइसकेको छ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech