बाँकेमा कोरोना संक्रमितको संख्या दुई अंकमा झर्‍यो

    • स्वास्थ्य पेज

  • १७ जेष्ठ २०७८, सोमबार

नेपालगन्ज: बाँकेमा कोरोना संक्रमितको संख्या दुई अंकमा झरेको छ।
जिल्लाका तीनवटा प्रयोगशालामा सोमबार थप ८० जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या दुई अंकमा झरेको हो ।

कुल ३०९ नमुना परीक्षण गर्दा ८० जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा १९० नमुना परीक्षण गर्दा ४७ जना, मेडिकल कलेज कोहलपुरमा ६४ नमुना परीक्षण गर्दा १९ जना र बागेश्वरी ल्याबमा ५५ नमुना परीक्षण गर्दा १४ जना गरि कुल ८० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु मध्य ४२ जना बाँकेका छन् ।

१९ जना महिला र २३ जना पुरुष गरि जिल्लाका थप ४२ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७८ हजार ६९१ जनाको पीसीआर परीक्षण भएको छ ।

आज जिल्लाका १३४ जना डिस्चार्ज भएका छन्। ५१ जना महिला र ८३ जना पुरुष कोभिड संक्रमणबाट निको भएको समितीले  जनाएको छ ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech