बाँकेका अस्पतालमा थप तीनजना कोभिड संक्रमित बिरामीको मृत्यु

    • स्वास्थ्य पेज

  • १७ जेष्ठ २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेका अस्पतालमा थप तीनजना कोरोना भाइरस संक्रमित बिरामीको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा एकजना र मेडिकल कलेज नेपालगन्ज र कोहलपुरमा एक एकजना गरि थप तीनजनाको उपचारका क्रममा मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा कुपिण्डेदह-१ सल्यानका ५५ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका-१८ बाँकेका ५० वर्षीय पुरुष र जानकी गाउँपालिका- २ बाँकेका ४५ वर्षीया महिला हुनुहुन्छ ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका २८७ जना र जिल्लाकै २८३ जनाको मृत्यु भएको छ ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech