धूमपान तथा सुर्तीको सेवनबाट नेपालमा वर्षेनि २५ हजारको मृत्यु

    • स्वास्थ्य पेज

  • १७ जेष्ठ २०७८, सोमबार

नेपालगन्ज: ‘लत त्याग्नको लागि प्रतिबद्ध बनौँ’ भन्ने नाराका साथ आज विश्व धूमपान तथा सुर्तीरहित दिवस नेपालमा पनि मनाइँदै छ । धूमपान तथा सुर्तीजन्य वस्तुको सेवनका कारण हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष मे ३१ मा यो दिवस मनाउने गरिएको हो ।

चुरोट,बिँडी, खैनीसुर्ती लगायतका कारण नेपालमा वर्षेनि २५ हजारभन्दा धेरै मानिसको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ । विश्वमा हरेक ८ सेकेण्डमा एकजना सुर्ती खाने व्यक्तिको ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनका अनुसार चुरोट,बिँडीजस्ता सुर्तीजन्य पदार्थ सेवनकर्तालाई कोरोना सङ्क्रमण भइहाले अरुको तुलनामा थप जटिल हुने पाइएको छ ।

चुरोटको धुवाँले खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्ने डाक्टरले बताउने गरेका छन् । धूमपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर पछिल्लो तथ्याङ्कले कलेजोमा पनि असर पर्ने देखाएको छ । गर्भवती भएका बेला सुर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन् ।

नेपालमा १८ वर्ष नपुगेका व्यक्तिलाई सुर्तीजन्य पदार्थ खरिद तथा बिक्री गर्न नपाउने कानुनी व्यवस्था भएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech