धनगढी: सुदूरपश्चिम प्रदेशमा आईतबार थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसिआर विधिबाट ३१२ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा १४३ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर कोभिड संक्रमण मुक्त भई ७० जना डिस्चार्ज भएका छन् । हालसम्म प्रदेशमा कोभिड संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ३९ हजार १८१ पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
हालसम्म संक्रमणबाट करिब २३ हजार ७८१ जना निको भएका छन् । कोरोना भाइरस संक्रमणका कारण प्रदेशमा थप ८ जनाको मृत्य भएको छ । योसँगै संक्रमणकै कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म ज्यान गुमाउनेहरुको संख्या ४९५ पुगेको छ ।