कोभिड संक्रमित २४ वर्षीया महिला सहित थप चारजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १६ जेष्ठ २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चारजनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा दुईजना र नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरमा एक एकजना गरि थप चारजनाको मृत्यु भएको हो ।

अस्पतालमा उपचारका क्रममा विरेन्द्रनगर नगरपालिका-८ सुर्खेतका ६३ वर्षीया महिला, गेरुवा गाउँपालिका-१ बर्दियाका ६८ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका-१४ दाङका २४ वर्षीया महिला र बैजनाथ गाउँपालिका-७ बाँकेका ७० वर्षीय पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका २८२ जनार जिल्लाकै २८९ जनाको मृत्यु भईसकेको छ ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech