सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २३५ जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • १६ जेष्ठ २०७८, आईतवार

धनगढी: धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा गएको २४ घण्टामा २३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा ७४८ नमुना जाँच गर्दा थप २३५ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल अस्पतालमा ४७ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । ३ जनाको भेन्टिलेटरमा, १३ जनाको आइसियूमा, ३२ जना अक्सिजन सपोर्टमा उपचारमा छन् भने २ जनाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ६ जना कोरोना निको भई डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणकै कारण अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ।

योसँगै हालसम्म अस्पतालमा संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १६७ पुगेको छ ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech