भारतमा कोभिड संक्रमण दर निरन्तर ओरालो झर्दै

    • स्वास्थ्य पेज

  • १६ जेष्ठ २०७८, आईतवार

काठमाडौं: भारतमा कोरोना भाइरस संक्रमण दर निरन्तर ओरोलो झरिरहेको छ । संक्रमण तिब्र रुपमा फैलदा लाखौमा संक्रमण पुष्टि हुने गरेको भारतमा पछिल्ला केहिदिन यता संक्रमित संख्या निरन्तर घटिरहेको छ ।

भारतमा एकैदिन ४ लाख सम्ममा संक्रमण पुष्टि हुनेगरेको थियो । अहिले संक्रमण दर घटिरहेको छ । तर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेहरुको संख्यामा भने अझै कमी आएको छैन ।

भारतमा गएको २४ घण्टामा १ लाख ७३ हजार बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमण पुष्टि हुनेहरुको संख्या २ करोड ७७ लाख २९ हजार बढी छ। त्यसतै कोरोना भाइरस संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ६०० बढीले ज्यान गुमाएका छन् । संक्रमणकै कारण हालसम्म भारतमा ज्यान गुमाउनेहरुको संख्या ३ लाख २२ हजार बढी छ ।

यसैबीच, कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वमा ज्यान गुमाउनेको संख्या ३५ लाख १९ हजार १७५ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १६ करोड ९१ लाख १८ हजार ९९५ जनामा कोरोना संक्रमण भइसकेको छ ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech