काठमाडौं: सरकारले आर्थिक वर्ष २०७८-२०७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।
कुल विनियोजन रकममध्ये स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। स्वास्थ्यमा कुल बजेटको ७ दशमलव ४५ प्रतिशत बजेट छुट्याइएको छ।
सरकारले बजेट प्रतिशत, आकार र प्राथमिकताका आधारमा स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट सार्वजनिक गरेको छ। कोभिड संक्रमणपछि स्वास्थ्य प्राथमिकतामा छ । सरकारले सार्वजनिक गरेको यो बजेट स्वास्थ्यमा हालसम्मकै बढी हो ।
बजेटको पूर्णपाठ