बाँकेका प्रयोगशालामा २१० जनामा संक्रमण पुष्टि, जिल्लाका ५९ जना मात्र

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७८, शनिबार

नेपालगन्ज: बाँकेका तीनवटा प्रयोगशालामा शनिबार थप २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।कुल ६२१ नुमुना परीक्षण गर्दा २१० जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ४०४ नमुना परीक्षण गर्दा १४७ जना, मेडिकल कलेज कोहलपुरमा १३८ नमुना परीक्षण गर्दा ३५ जना र बागेश्वरी ल्याबमा ७९ नमुना परीक्षण गर्दा २८ जना गरि कुल २१० जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि हुनेहरु मध्य ५९ जना बाँकेका छन् ।

२२ जना महिला र ३७ जना पुरुष गरि जिल्लाका थप ५९ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७८ हजार २३५ जनाको पीसीआर परीक्षण भएको छ ।

आज जिल्लाका १०४ जना डिस्चार्ज भएका छन्। ५३ जना महिला र ५१ जना पुरुष कोभिड संक्रमणबाट निको भएको समितिले जनाएको छ । गएको २४ घण्टामा कोभिड संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ ।

जिल्ला बाहिरबाट उपचारका लागि बाँकेआएका ५ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech