खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड विनियोजन

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७८, शनिबार

काठमाडौं: सरकारले खोपका लागि २६ अर्व बजेट छुट्याएको छ। आर्थिक वर्ष ०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पौडेलले सरकारले खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड विनियोजन गरेको बताउनुभएको छ ।

यस्तै सरकारले आगामी वर्ष ६ लाख २० हजार बालबालिकालाई खोप उपलब्ध गरिने जनाएको छ। त्यस्तै कोभिड नियन्त्रण तथा रोकथामका लागि सरकारले ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यो रकम अस्पतालमा स्वास्थ्य सामाग्री खरिद, संक्रण रोकथामका लागि सक्रिय जनशक्तिको जोखिम भत्ता लगायतमा खर्च हुने छ ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech