औषधि खरिदमा ५ अर्ब ६० करोड विनियोजन

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७८, शनिबार

काठमाडौं: सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी एक खर्ब २२ अर्ब ७७ करोड पुर्‍याएको छ । सरकारले औषधि खरिदमा ५ अर्ब ६० करोड विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८-७९ का लागि सार्वजनिक गरेको बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औषधी खरिदमा ५ अर्ब ६० करोड विनियोजन गरेको बताउनुभएको हो ।

सरकारद्वारा निशुल्क वितरण हुँदै आएका ७० प्रकारका औषधि सबै स्वास्थ्य संस्थामा निरन्तर उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताउनुभएको हो ।औषधिको मूल्य र गुणस्तरको नियमित अनुगमन समेत गरिने बताईएको छ ।

विपन्न नागरिकलाई मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन, अल्जाइमर्सलगायतको उपचार गर्न हाल प्रदान गरिएको अनुदान र १४ वर्षमुनिका बालबालिका एवं ७० वर्षमाथिका ज्येष्ठ नागरिकको मुटु रोगको निशुल्क उपचार सुविधालाई निरन्तरता दिन यसका लागि २ अर्ब पचास करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech