कोभिड संक्रमित थप तीनजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७८, शनिबार

तस्बिर:फाइल

कोहलपुर: कोरोना भाइरस संक्रमित थप तीनजनाको मृत्यु भएको छ ।

बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित मधुवन नगरपालिका-६ बर्दियाका ५२ वर्षीया महिला, लमही नगरपालिका-३ दाङका ४० वर्षीय पुरुष र राप्ती गाउँपालिका-६ दाङका ५२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

तीनै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका २७३ जना र जिल्लाकै २८८ जनाको मृत्यु भएको छ ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech