कोभिडका गम्भीर बिरामीलाई प्रयोग गरिने टोसिलिजुमाव इन्जेक्सन नेपाल भित्रियो

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं: कोरोनाका भाइरस संक्रमित गम्भीर बिरामीको उपचारमा प्रयोग हुने औषधि टोसिलिजुमाव इन्जेक्सन नेपाल भित्रिएको छ।शुक्रबार ४०० एमजी /२० एमएल, ५०० भाइल औषधि नेपाल भित्रिएको हो ।

औषधि व्यवस्था विभागका अनुसार यतिकेम डिस्ट्रिब्युटर्स प्रालिले उक्त औषधी नेपाल भित्र्याएको हो । तोकिएको मापदण्ड पुरा गरे अब बिरामीका आफन्तले उक्त औषधी पाउने विभागले जनाएको छ ।

विभागले एक सूचना जारी गर्दै चिकित्सकले बिरामी भर्ना भएको अस्पतालको नाम, बिरामीको नाम, सिफारीस गरेको औषधिको परिमाण र औषधि बुझिलिने बिरामीको आफन्तको नाम संकेत खुलाई चिकित्सकको नाम र एनएमसी नम्वर आयातकर्तालाई पठाइएपछि मात्रै यो औषधि पाइने विभागले जनाएको छ । टोसीलिजिम्याबको एक भाइलको ५९ हजार ८ सय ५० पर्ने विभागले जनाएको छ।

कुनै पनि बिरामीको लागि चिकित्सकले एक पटकमा एक भाइल मात्र र बढीमा एक बिरामीलाई दुई पटक गरी दुई भाइलसम्म मात्र सिफारिस गर्न सकिने विभागले जनाएको छ।

 

 

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech