काठमाडौं: कोरोनाका भाइरस संक्रमित गम्भीर बिरामीको उपचारमा प्रयोग हुने औषधि टोसिलिजुमाव इन्जेक्सन नेपाल भित्रिएको छ।शुक्रबार ४०० एमजी /२० एमएल, ५०० भाइल औषधि नेपाल भित्रिएको हो ।
औषधि व्यवस्था विभागका अनुसार यतिकेम डिस्ट्रिब्युटर्स प्रालिले उक्त औषधी नेपाल भित्र्याएको हो । तोकिएको मापदण्ड पुरा गरे अब बिरामीका आफन्तले उक्त औषधी पाउने विभागले जनाएको छ ।
विभागले एक सूचना जारी गर्दै चिकित्सकले बिरामी भर्ना भएको अस्पतालको नाम, बिरामीको नाम, सिफारीस गरेको औषधिको परिमाण र औषधि बुझिलिने बिरामीको आफन्तको नाम संकेत खुलाई चिकित्सकको नाम र एनएमसी नम्वर आयातकर्तालाई पठाइएपछि मात्रै यो औषधि पाइने विभागले जनाएको छ । टोसीलिजिम्याबको एक भाइलको ५९ हजार ८ सय ५० पर्ने विभागले जनाएको छ।
कुनै पनि बिरामीको लागि चिकित्सकले एक पटकमा एक भाइल मात्र र बढीमा एक बिरामीलाई दुई पटक गरी दुई भाइलसम्म मात्र सिफारिस गर्न सकिने विभागले जनाएको छ।