एकै दिन झन्डै १० हजार जना काेराेनामुक्त, ६ हजार ९ सय ५१ नयाँ सङ्क्रमित थपिए

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०७८, शुक्रबार

नेपालगन्ज: पछिल्लो २४ घण्टामा नेपालमा झन्डै १० हजार जना काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा नाै हजार आठ सय ४१ जनाले कोरोनालाई जितेका छन् । एकै दिन सङ्क्रमणमुक्त हुनेकाे यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

अहिले सङ्क्रमण निको हुने दर ७८ दशमलव १ प्रतिशत पुगेको छ । योसँगै काेराेना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या चार लाख २८ हजार ६ सय ७० पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ६ हजार नाै सय ५१ जना सङ्क्रमित थपिएका छन् । पीसीआर विधिमार्फत १९ हजार तीन सय १३ जनाको परीक्षण गर्दा ६ हजार आठ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एन्टिजेनमार्फत सात सय ९७ जनाको परीक्षण गर्दा ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसहित नेपालमा सङ्क्रमितको सङ्ख्या पाँच लाख ४९ हजार एक सय ११ पुगेको छ ।

यसैगरी काेराेना सङ्क्रमणका कारण थप ९६ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या सात हजार ४७ पुगेको छ । अहिले नेपालमा एक लाख १३ हजार तीन सय ९४ जना सक्रिय सङ्क्रमित छन् ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech