बाँकेका अस्पतालमा कोभिड संक्रमित थप ७ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०७८, शुक्रबार

तस्बिर:फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप ७ जनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ जना गरि थप ७ जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा ठाकुरबाबा नगरपालिका-३ बर्दियाका ३७ वर्षीय पुरष, तुलसीपुर उपमहानगरपालिका-११ दाङका ५२ वर्षीय पुरुष, गुलरिया नगरपालिका-६ बर्दियाका ५७ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-११ का ६९ वर्षीय पुरुष, लमही नगरपालिका-६ दाङका ४७ वर्षीय पुरुष हुनुहन्छ ।

कुमाख गाउँपालिका-१ सल्यानका ३४ वर्षीया महिला र जानकी गाउँपालिका-१ बाँकेका ५० वर्षीय पुरुषको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका २७० जना र जिल्लाकै २८८ जनाको मृत्यु भएको छ ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech