भेरी अपडेट: मृतकका भाई भन्छन्- `दाईलाई भेन्टिलेटरमा नराख भन्दा भन्दै किन राखियो ?´

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०७८, शुक्रबार

तस्वीरः फाइल

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएका दाङ तुल्सीपुरका डिल्ली बहादुर रावतका भाइ मानबहादुर रावतले भेन्टिलेटरमा नराख भन्दा भन्दै चिकित्सकहरुले जबर्जस्ती राखेपछि दाइको मृत्यु भएको दाबी गर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका मानबहादुरले स्वास्थ्य पेजसंग फोनमा भेन्टिलेटरमा बिरामीलाई नराख भन्दा भन्दै जबर्जस्ती राखेका कारण दाई डिल्लीको मृत्यु भएको दाबी गर्नु भयो ।

घटनाबारे जानकारी दिदै उहाँले हाम्रो आग्रह अटेरी गरेर किन भेन्टिलेटरमा राखियो भनेर सोध्ने क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीसंग भनाभन हुँदा स्थिति तनावपुर्ण बनेको उहाँको जिकिर छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी आक्रमण गरेको भन्दै मानबहादुरसहित उहाँका दाई र मृतकका छोरा प्रहरी हिरासतमा छन् ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech