भेरीमा यसरी गरियो स्वास्थ्यकर्मीमाथि आक्रमण, पहिलो तलाबाट हामफालेर ज्यान जोगाए

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०७८, बिहीबार

नेपालगन्जः कोभिडबाट गम्भीर अवस्थामा पुगेका डिल्ली बहादुर रावतको अवस्था थप जटिल बन्दै गएको थियो । जेठ चार गते भेरी अस्पतालको पहिलो तलामा रहेको हल ए को १३ नम्वर आइसीयू वेडमा उपचाररत दाङका रावतको अवस्था आज थप खस्कदै गएपछि डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले भेन्टिलेटरमा राख्नु पर्ने सुझाए ।

अक्सिजन लेभल खस्कदै गएपछि थप उपचारका लागि भेन्टिलेटरको विकल्प नभएको स्वास्थ्यकर्मीहरुले स्पष्टसँग विरामीका आफन्तहरुलाई भनेका थिए । उनीहरु भेन्टिलेटरमा राख्न राजी भए । त्यही अनुसार डा दिपक गुप्ता, डा चन्द्रप्रकाश शाहु, डा समा अन्सारी , स्टाफनर्सहरु अश्विनी गुरुङ्ग , सदिक्षा गैरे, बन्दना श्रेष्ठ उपचारमा खटिनुभयो ।

तर रावतको उपचारकै क्रममा आज ८ बजेतिर मृत्यु भयो । अस्पताल भर्ना हुँदै रावतको अवस्था गम्भीर थियो । विरामीसँगै रहेका एकजना कुरुवाले मोवाइलमा चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भयो कुट्न आउ भन्दै बाहिरिए ।

एकैछिनमा तीन चार जनाको हुल प्रवेश गर्यो । स्टाफनर्स सदिक्षा गैरको घाटी थिच्न थाले । डा चन्द्र प्रकाशलाई पनि हातपात गर्न थाले । उहाँहरु फुत्किएर शौचालय तिर भाग्नुभयो । उनीहरु पछ्याउँदै त्यही पुगे । ढोका हान्न् थाले । सौचालयमा झयाल थियो ।

त्यही झयालको सिसा फोडेर डा शाहु, सदिक्षा, बन्दना र आश्वीनले हामफालेर ज्यान जोगाउनुभयो । धन्न् उहाँहरुलाई ठूलो चोट लागेन् । डा गुप्ताले उपचारमा खटिएकै बेला चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणले आफुहरुलाई असुरक्षित बनाएको बताउनुभयो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफुहरुको ज्यान असुरक्षित भएको भन्दै अहिले काम गरेका छैनन् ।उनीहरुले दोषीमाथि कारवाहीको माग गर्दै आफ्नो सुरक्षाको ग्यारेन्टी नहुँदासम्म काममा नफर्किने चेतावनी दिएका छन् ।

बाँकेमा प्रमुख जिल्ला अधिकारी, अस्पताल विकास समिति, चिकित्सक, स्वास्थ्यकर्मीबीच अहिलेपनि छलफल भइरहेको छ ।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech