सुदूरपश्चिम प्रदेशमा संक्रमण पुष्टि हुनेहरु भन्दा निको हुने बढी

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०७८, बिहीबार

धनगढी: सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसिआर विधिबाट ३४२ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर कोभिड संक्रमण मुक्त भई ५६९ जना डिस्चार्ज भएका छन् । हालसम्म कर्णाली प्रदेशमा कोभिड संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ३७ हजार ६४३ पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

हालसम्म संक्रमणबाट करिब २० हजार ९१३ जना निको भएका छन् । कोरोना भाइरस संक्रमणका कारण प्रदेशमा थप ९ जनाको मृत्य भएको छ । योसँगै संक्रमणकै कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म ज्यान गुमाउनेहरुको संख्या ४७७ पुगेको छ ।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech