एकैदिन ७२२६ जनाले कोरोना जिते

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०७८, बिहीबार

नेपालगन्ज: नेपालमा पछिल्लो २४ घण्टामा ठूलो संख्यामा भाइरस संक्रमितलेे कोरोना जितेका छ्न ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् ।

२० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ ।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech