मोरङका विभिन्न अस्पतालहरुमा थप १० जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०७८, बिहीबार

तस्विरः फाइल

मोरङ: कोरोना संक्रमणका कारण मोरङका विभिन्न अस्पतालहरुमा थप १० जनाको मृत्यु भएको छ । बिहीबार ४ महिला र ६ जना पुरुषको मृत्यु भएको हो ।

विराटनगरको नोबेल मेडिकल कलेजमा ५ जना, मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल कलेज र विराटनगरको कोशी अस्पताल कोभिड उपचार युनिटमा २/२ जना, कोशीकै कोभिड–१९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको हो ।

नोबेलमा विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै मोरङको मिक्लाजुङ गाउँपालिका–९ का ६० वर्षीय पुरुषको बिहीबार बिहान ८ः१५ बजे मृत्यु भएको छ ।

मोरङको केराबारी गाउँपालिका–७ का ८४ वर्षीया वृद्धा महिलाको विहीबार बिहान ५ः३० बजे मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–१७ का ५५ वर्षीय पुरुषको बिहीबार बिहान १ः३० बजेतिर मृत्यु भएको हो ।

त्यस्तै सप्तरी घर भएका ३४ वर्षीय पुरुषको पनि नोबेल अस्पतालमै आइतबार बिहान मृत्यु भएको छ ।

विराट शिक्षण अस्पताल उपचाररत विराटनगर–६ की ४८ वर्षीया महिलाको बिहान ५ः३५ बजे मृत्यु भएको छ ।

यस्तै सुनसरीको गढी गाउँपालिका–३ का ६५ वर्षीय पुरुषको पनि राति १२ः२० बजे मृत्यु भएको छ ।

कोशी अस्पतालको कोभिड उपचार युनिटमा उपचाररत विराटनगर–१० का ६५ वर्षीय पुरुषको बिहीबार बिहान ५ बजे मृत्यु भएको छ ।सुनसरीको बर्जु गाउँपालिका–४ की ७० वर्षीया महिलाको पनि कोशी अस्पतालमै मृत्यु भएको छ । उनको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो ।

कोशी अस्पतालकै कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–३ की ५६ वर्षीया महिलाको बिहान बिहीबा विहान ४:४० बजे मृत्यु भएको छ ।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech