काठमाडौं उपत्यकाका केही स्थानमा बर्ड फ्लू देखियो

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०७८, बिहीबार

तस्बिर फाइल

काठमाडौं: काठमाडौं उपत्यकाका केही स्थानमा बर्ड फ्लू देखिएको छ। पशु सेवा विभागका अनुसार किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाका कृषकले पालेका टर्कीमा बर्डफ्लू पुष्टि भएको हो ।

बर्ड फ्लू पुष्टि भएपछि त्यहाँ रहेका टर्की तथा कुखुरा नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ। रोग देखा परेको क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिसकिएको विभागले जनाएको छ।

यसअघि गत माघमा काठमाडौं, सुर्खेत, जाजरकोट र ललितपुरमा बर्ड फ्लु देखिएको थियो ।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech