कोरोना संक्रमणबाट जर्नेल दिनेश केसीको निधन

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०७८, बिहीबार

नेपालगन्ज: कोरोना संक्रमित १३ नं बाहिनी जावलाखेलका जर्नेल दिनेश केसीको निधन भएको छ । एक साता अघि कोरोना संक्रमण पुष्टि भएर सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको बिहीबार बिहान ज्यान गएको नेपाली सेनाले जनाएको छ ।

केसीको निधनबारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै दु:ख व्यक्त गर्नु भएको छ । क्षेत्रीले केसीको निधनबाट नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको उल्लेख गर्नु भएको छ ।

हालसम्म कोरोना संक्रमणबाट नेपाली सेनाका विभिन्न दर्जाका गरी ६ जनाको ज्यान गएको छ ।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech