कोभिड संक्रमणका कारण सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०७८, बिहीबार

धनगढी: सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ।

लामो समयदेखि निमोनियनबाट पीडित मल्ललाई पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएको थियो । कैलालीको भजनीका स्थानीय मल्लको काठमाण्डौमा उपचारका क्रमममा निधन भएको हो।

मल्ललाई २०७४ सालमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो । कैलालीका पुराना राजनीतिज्ञका रुपमा चिनिँदै आउनुभएका मल्ल वि.सं.२०३७ देखि २०४६ सम्म राष्ट्रिय पञ्चायतका सदस्य हुनुभएको थियो । मल्लको आज अन्त्येष्टि गरिने बताइएको छ ।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech