भेरी अस्पतालमा कोभिड संक्रमित थप दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०७८, बुधबार

नेपालगन्ज: भेरी अस्पतालमा कोरोना भाइरस संक्रमित थप दुईजना बिरामीको मृत्यु भएको छ ।

अस्पतालका अनुसार उपचारका क्रममा लमही नगरपालिका-६  दाङका ४८ वर्षीय पुरुष र राप्तीसोनारी गाउँपालिका-६ बाँकेका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । दाङका ४८ वर्षीय पुरुष जेष्ठ २ मा पीसीआर परीक्षण पछि थप उपचारका लागि ३ गते अस्पतालमा भर्ना भएका थिए । उनको गएराती १ बजे मृत्यु भएको हो ।

त्यस्तै राप्तीसोनारीका ५२ वर्षीय पुरुषको बैशाख २५ गते पीसीआर परीक्षण गरिएको थियो । उनि स्वास्थ्यमा समस्या आएपछि बैशाख २४ मै अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नभएपछि उनको गएराती २ बजे मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका २५९ जना र जिल्लाकै २८१ जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech