बाँके प्रेस युनियनले थाल्यो कोरोनाबाट प्रभावित पत्रकारसँग भेटघाट अभियान

    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०७८, मंगलवार

नेपालगन्ज: कोरोना भाईरस महामारीबाट प्रभावित भएका पत्रकारसँग नेपाल प्रेस युनियन बाँकेले भेटघाट अभियान सुरु गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको नेतृत्वमा मंगलबारबाट उक्त अभियान सुरु गरिएको हो ।

कोरोना भाईरसबाट संक्रमित भएर होमआइसोलेसनमा बसिरहेका, संक्रमण पश्चात निको भई घरमा पूर्ण स्वास्थ्यलाभ गरिरहेका र संक्रमणको जोखिममा रहेका पत्रकार तथा सञ्चारकर्मीलाई उनीहरुका घर र सञ्चार संस्थामै पुगेर भेटघाट गरी स्वास्थ्य सामाग्री (मास्क र स्यानिटाइजर) प्रदान गरिएको युनियन बाँकेका अध्यक्ष ओलीले बताउनुभयो ।

फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकार तथा सञ्चारकर्मी अत्यन्त जोखिममा छन् । युनियनले पत्रकार तथा सञ्चारकर्मीलाई भेटघाट गर्ने कार्यलाई निरन्तरता दिने अध्यक्ष ओलीले बताउनुभयो ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech