कोभिड संक्रमित ३२ र ३५ वर्षीय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०७८, मंगलवार

तस्बिर:फाइल

नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप दुईजनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको भेरी अस्पताल नेपालगन्जमा एकजना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एकजना गरि थप दुईजनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा छत्रेश्वरी गाउँपालिका ५ सल्यानका ३५ वर्षीय पुरुष र आठबिसकोट नगरपालिका १० रुकुम पश्चिमका ३२ वर्षीय पुरुष हुनुहुन्छ । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका २५८ जना र जिल्लाकै २८० जनाको मृत्यु भईसकेको छ ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech