काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्बियो, खाद्यान्‍न पसल पनि बन्द

    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०७८, मंगलवार

काठमाडौं: काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप एकसाता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्‍न पसल पनि बन्द गर्ने निर्णय गरेको छ । हरियो सागसब्जीको हकमा भने बिहान ९ बजेसम्म पसल खोल्न पाइने छ ।

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छ ।

मृत्यु संस्कार, विवाह लगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइनेछ । विवाहका लागि एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्र अनुमति दिइने छ ।

अत्यावश्यक सेवा कार्यालयका लागि बिहान साढे ९ देखि साढे १० सम्म र साँझ ५ देखि ६ बजेसम्ममा मात्रै सवारी चल्न दिने निर्णय पनि बैठकले गरेको छ।

 

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech