बाँकेका थप २४७ जनामा कोभिड पुष्टि, एकैदिन २९३ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०७८, मंगलवार

नेपालगन्ज: बाँकेका तीनवटा प्रयोगशालामा १ हजार ४७ नमुना परीक्षण गर्दा ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार नेपालगन्ज स्थित भेरी अस्पतालमा ८१६ नमुना परीक्षण गर्दा ४८४ जना, मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा ९१ नमुना परीक्षण गर्दा २४ जना र बागेश्वरी ल्याबमा १४० नमुना परीक्षण गर्दा ५१ जना गरि कुल ५५९ जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका २४७ जना छन् । ११४ जना महिला र १३३ जना पुरुष गरि जिल्लाका २४७ जनामा संक्रमण पुष्टि भएको हो । आजसम्म बाँकेमा ७६ हजार ५५१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मंगलबार जिल्लामा २९३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । १३० जना महिला र १६३ जना पुरुष गरि कुल २९३ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech