भारतमा ४० दिन यताकै कम संक्रमित

    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०७८, मंगलवार

नेपालगन्ज: भारतमा थप एक लाख ९५ हजार आठ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो अनुपात पछिल्लो ४० दिनयताकै कम हो।

दैनिक चार लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा केही दिनदेखि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एक महिनाअघि ८१ दशमलव ७ प्रतिशत रहेको निको हुने दर पनि बढेर ८८ दशमलव ७ प्रतिशत पुगेको छ । एक महिनाअघि १७ दशमलव १७ प्रतिशत सक्रिय सङ्क्रमित रहेकोमा अहिले घटेर १० दशमलव १७ प्रतिशतमा झरेको छ ।

सङ्क्रमण पुष्टि हुने र निको हुने दरमा सुधार आए पनि ज्यान गुमाउनेको सङ्ख्यामा भने धेरै सुधार नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार चार सय ९८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

भारतमा नयाँ सङ्क्रमणमा कम र निको हुने दर बढेपछि अस्पतालहरुमा अक्सिजन लगायतको अभाव कम भएको छ । तर कोरोना सङ्क्रमितमा देखिएको ब्ल्याक फङ्गस अर्थात कालो ढुसीको समस्या बढ्दै गएपछि अर्को चिन्ता थपिएको छ ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech