बाँकेका अस्पतालमा कोभिड संक्रमित थप चारजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १० जेष्ठ २०७८, सोमबार

तस्बिर:फाइल

नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चारजनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा तीनजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप चारजनाको मृत्यु भएको जिल्लाका कोभिड फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा बैजनाथ गाउँपालिका-४ बाँकेका ३८ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका-८ दाङका ५६ वर्षीय पुरुष, कोहलपुरका ४७ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका-१८ बाँकेका ८५ वर्षीया महिला हुनुहुन्छ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २४७ जना र जिल्लाकै २७७ जनाको मृत्यु भईसकेको छ ।

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech