काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड डेडिकेटेड अस्पतालहरुका लागि स्वास्थ्यकर्मी माग गरेको छ ।
कोभिड संक्रमित बिरामीहरुको उपचारका लागि मन्त्रालयले विभिन्न ५ पदमा निश्चित समयका लागि स्वास्थ्यकर्मी माग गरेको हो ।
स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले एमडी इन्टरनल मेडिसिन, क्रिटिकल केयर स्पेसलिष्ट, एनेसथेसियोलोजिष्ट, एमडीजीपी, मेडिकल अफिसर र स्टाफ नर्सलाई स्वास्थ्यकर्मीको पुलमा समावेश हुन अनुरोध गरेको छ ।