सोमबार बाँकेका प्रयोगशालामा १०३ जनामा कोभिड पुष्टि हुदा जिल्लाका ४० जना मात्र

    • स्वास्थ्य पेज

  • १० जेष्ठ २०७८, सोमबार

नेपालगन्ज: जिल्लाका दुईवटा प्रयोगशालामा २९७ नमुना परीक्षण गर्दा सोमबार थप १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

जिल्ला कोभिड व्यवस्थापन समितीका अनुसार मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा सोमबार १०८ नमुना परीक्षण गर्दा ३२ जना र बागेश्वरी ल्याबमा १८९ नमुना परीक्षण गर्दा ७१ जना गरि कुल १०३ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्जको रिर्पोट आज आइसकेको छैन ।

संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका ४० जना मात्र छन् । जिल्लाका २४ जना महिला र १६ जना पुरुष गरि कुल ४० जनामा संक्रमण पुष्टि भएको समितीको तथ्यांकमा उल्लेख छ। बाँकेमा आजसम्म ७५ हजार ५०४ जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।

संक्रमण मुक्त भएर आज थप १६६ जना डिस्चार्ज भएका छन् । जिल्लाका ६४ जना महिला र १०२ जना पुरुष कोभिड संक्रमणबाट निको भएका हुन् ।

संक्रमणका कारण बाँकेका अस्पतालमा उपचारका क्रममा गएको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। ७ जना मध्य जिल्लाका १ जना मात्र छन् भने जिल्ला बाहिरका ६ जना छन् ।

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech