बाँकेका अस्पतालमा कोभिड संक्रमित थप दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १० जेष्ठ २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा एकजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बढैयाताल गाउँपालिका-२ का ४२ वर्षीया महिला र कोहलपुर नगरपालिका-१३ बाँकेका ४२ वर्षीय पुरुष हुनुहुन्छ ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका २४६ जना र जिल्लाकै २७६ जनाको मृत्यु भईसकेको छ ।

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech