अटेरी नागरिक, संक्रमणको जोखिम उस्तै

    • स्वास्थ्य पेज

  • ९ जेष्ठ २०७८, आईतवार

नेपालगन्ज: कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि बाँके प्रशासनले निषेधाज्ञा जारी गरेको छ। संक्रमण करिब नियन्त्रण बाहिर गएको बाँकेमा संक्रमण दर केहि कम भएपनि जोखिम भने उस्तै रहेको चिकित्सकहरु बताउँछन् ।

प्रशासन पनि संक्रमणको जोखिम उस्तै रहेको भन्दै जारी निषेधाज्ञा थप एकसाता लम्ब्याउने तयारीमा छ । तर बाँकेमा जारी निषेधाज्ञा भने खुकुलो देखिन्छ । बजारमा नागरिकको मुभमेन्टमा कमि छैन ।

बजारमा अधिकांश पसलका आधा सटर खुला देखिन्छन् । प्रहरी आउँदा बन्द, गएपछि खुल्लै गर्ने स्थानियको अटेरीले संक्रमण नियन्त्रणमा चुनौति थपिदै गएको छ ।

जिल्लामा जारी निषेधाज्ञाका बेला स्वास्थ्य पेजका लागि समिरमान श्रेष्ठले लिएका केहि तस्बिर

 

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech