बाँकेमा जारी निषेधाज्ञा जेष्ठ १७ गतेसम्म

    • स्वास्थ्य पेज

  • ९ जेष्ठ २०७८, आईतवार

नेपालगन्ज: बाँकेमा जारी निषेधाज्ञा जेष्ठ १७ गतेसम्म लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो ।

आइतवार बसेको डिसिएमसीको बैठकले निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको छ।कोरोना भाइरस संक्रमण तिब्ररुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि गएको १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि हप्ता हप्ता दिन थप गर्दै जेष्ठ दश गतेसम्म पुर्याइएको हो ।

अब जारी निषेधाज्ञा थप एकसाता बढाउने तयारी छ । जिल्लामा निषेधाज्ञाको समयअवधि थपिएपनि बजारमा भने भिडभाड उस्तै छ । नागरिक स्तरबाटै निषेधाज्ञाको पालना भएको देखिदैन ।

संक्रमणको जोखिम न्युनिकरणका लागि प्रशासनले गरेको निषेधाज्ञामा पनि मुभमेन्ट नरोकिएको भन्दै प्रशासनको आलोचना भैरहेको छ ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech