बाँकेका प्रयोगशालामा ३९० जनामा कोभिड संक्रमण पुष्टि हुदा जिल्लाका ११४ जना मात्र

    • स्वास्थ्य पेज

  • ९ जेष्ठ २०७८, आईतवार

नेपालगन्ज : जिल्लाका तीनवटा प्रयोगशालामा ६७० नमुना परीक्षण गर्दा आईतबार थप ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जको पीसीआर प्रयोगशालामा आईतबार ३६८ नमुना परीक्षण गर्दा २६५ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ११२ नमुना जाँच गर्दा ३६ जना र बागेश्वरी ल्याबमा १९० नमुना परीक्षण गर्दा ८९ जना गरि कुल ३९० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका ११४ जना मात्र छन् । जिल्लाका ५० जना महिला र ६४ जना पुरुष गरि कुल ११४ जनामा संक्रमण पुष्टि भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । कुल ५८.२१ प्रतिशतमा संक्रमण पुष्टि हुदा बाँकेका २९.२ प्रतिशत मात्र छन् । बाँकेमा आजसम्म ७५ हजार २०७ जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।

संक्रमण मुक्त भएर आज थप ४५२ जना डिस्चार्ज भएका छन् । जिल्लाका २०३ जना महिला र २४९ जना पुरुष कोभिड संक्रमणबाट निको भएका हुन् ।

संक्रमणका कारण बाँकेका अस्पतालमा उपचारका क्रममा गएको २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। आज मृत्यु भएकाहरु सबै उपचारका लागि बाहिर जिल्लाबाट आउनुभएका हुनुहुन्छ ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech