२४ घण्टामा थपिए ७ हजार ९१४ कोरोना संक्रमित १९३ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ९ जेष्ठ २०७८, आईतवार

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय १४  जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २३ घण्टामा ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ९ सय ६५ पीसीआर र ९३१ एन्टिजेन परीक्षण भएको छ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech